शनिबार, बैशाख ०८, २०८१

एनआरएनए एसिया क्षेत्रीय संयोजकमा रोविन्द श्रेष्ठ(गोविन्द)को उम्मेदवारी घोषणा

टोकियो । जापानबाट गैरआवासीय नेपाली संघ (एनआरएनए ) एसिया प्याशिफिक संयोजकमा रोविन्द श्रेष्ठ ( गोविन्द ) ले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

एसिया प्याशिफिकमा पूर्व सहसंयोजक समेत रहनु भएको श्रेष्ठले आगामी कार्यकालको लागि संयोजक पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

एसिया प्याशिफिका देश दौडाहामा रहनु भएको श्रेष्ठले आफनो प्रमुख एजेन्डा एनआरएनलाई संस्थागत गर्न र एसियाभित्र रहेका गैर आवासीय नेपालीका समस्या समाधानको लागि पहल कदमी नै भएको बताउनुभयो । एसियाभित्र सबैभन्दा बढी गैर आवासीय नेपाली रहेको मलेसियामा कार्यरत नेपाली श्रमीकहरुको हक हित र समस्या समाधानमा आफू केन्द्रित हुने बताउनुभयो ।

विशेष गरि वैदेशेकि रोजगारीलाई ब्यवस्थित गर्नु नै अहिलेको मुख्या दायित्व रहेको भन्दै श्रेष्ठले संस्थाको लागि योगदान गरेको र काम गर्न सक्ने योग्य ब्यक्ती आवश्यक भएकोमा समेत जोड दिनुभयो ।

विगतदेखि नै सामाजीक कार्यमा  सक्रिय रहँदै आउनुभएको श्रेष्ठले एसिया क्षेत्रभित्र जेलमा रहेका नेपालीको अवस्था बुझेर स्वदेश फीर्ता पठाउन पहल गर्ने, श्रमीकको सवालमा सशक्त आवाज उठाउने, नेपाल सरकारले घोषणा गरेको भिजीट नेपाल २०२० लाई सफल बनाउन सघाउने, आइसिसीले अख्तियार गर्ने हरेक नीति तथा कार्यक्रमलाई सफल बनाउन लागिपर्नेलगायतका आफना एजेन्डा रहेको श्रेष्ठले बताउनुभयो ।

सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदिबहिनिहरुमा नमस्कार ।

म बिगत लामो समय देखि जापानमा आफ्नो कर्मथलो गराउदै गर्दा एनआरएनए अभियानमा जोडीइरहे । विदेशमा रहेर सबै नेपालीलाइ जोड्ने साझा सस्था एनआरएनए भएको कारण यसमा निरन्तर जापानको नागोयाको क्षत्रीय कमिटी गठन गर्दै केन्द्रिय समिती हुदै एनआरएनए एसिया प्यासिफिक उपसंयोजक सम्म सक्रिय रहि नेपाल तथा जापानमा नेपालीको समस्यामा हरेक बखत आफुलाई सक्रिय पार्दै आइरहेको छु ।

यो अभियानमा लागे देखिनै यहाँहरुको माया सदभाब अग्रजहरुको साथ सहयोगले गर्दा आज सम्म निरन्तर लाग्ने जुन उर्जा शक्ति मिलेको छ आशा छ त्यो भविष्यमा पनि मिल्नेछ ।

म गत कार्यकालमा एसियाको सयोजकको लागि झिनो मतले पराजित भए पच्छात, यो अभियानमा सांगठानिक रुपमा आधिकारीक जिम्मेबारी नभएपछि अलि सुस्ताएको महशुस हुनु स्वभाबिक हो, तर मलाइ लाग्छ यो अभियान हो यो निरन्तर चलिरहन्छ यसलाई हार जितले खास फरक पार्दैन, म पदमा रहे पनि नहददा त्यसले मलाइ खास असर गरेको जस्तो ब्यक्तिगतरुपमा महशुस गरेको छैन, चाहे बारामा बाढी हावा हुरी आउदा होस्, चाहे एनआरएनए भवन निर्माण कार्य सक्रियताहोस् अथवा बस्ति निर्माणमा होस् म निरन्तर जोडीइरहेको छु आफुलाई सक्रिय गराई रहेको जानकारी यहाँहरु समक्ष गराउन चाहन्छु । संगै जापानमा हुने हरेक गतिबिधिमा अविछिन्न रुपमा म लागिरहेको र लागिरहने समेत समेत जानकारी गराउन चाहन्छु । म सक्रिय सामाजिक अभियानमा लागोस भन्ने चाहने सम्पूर्ण मेरा सुभचिन्तकहरुलाइ हृदयदेखिनै धन्यवाद दिन चाहन्छु ।

म यो अभियानमा एउटा छोटो यात्रीबनेर जोडिएको होइन, अन्तसम्म पुग्नको लागि पूर्ण यात्रीको रुपमा जोडिएको हु, तसर्थ मलाइ यो अभियानमा यहाँहरुको साथ सहयोग र अपारमायाँको निरन्तर खाचो छ ।

मेरा अग्रजहरु मेरा शुभचिन्तकज्यू हरु सबैको चाहना तथा अपेक्षा अनुरुप आफुलाई अझ सक्रिय र अझ क्रियाशील गराउने प्रण सहित आगामी एनआरएनए अधिबेशनमा आफुले एनआरएनए एसियाको सयोजकको रुपमा उभ्याउदै यहाँहरुको सल्लाह सुझाब संगै साथ सहयोग र मायाँले मलाइ बिजय गराउनु हुनेछ भन्ने अपेक्षा तथा बिश्वास गरेको छु । मैले एनआरएनए एसिया उपसयोजक कुशल पुर्बक कार्यसम्पादन गरिसकेको एउटा अनुभब संगै चुनावी पराजय पछि पनि निरन्तर यस सस्थामा लागि थप अनुभब बटुल्ने मौका पाएको छु । तसर्थ मैले एसिया सयोजक कुशल पुर्बक कार्यसम्पादन गर्न सक्छु भन्ने बिश्वास लिएको छु ।

यो सामाजिक अभियानहो, आफ्नो काम संगै देश विदेशमा बिभिन्न तरवले हामीले देशको समृद्धि संग एनआरएनएको महत्वपूर्ण भूमिका जोडिएको छ । विदेशमा होस् वा नेपालमा बिदेशीएका नेपालीहरुले यो या त्यो तरवले नेपालीलाइ नै रोजगार स्थापना गरिरहेका छन् । पछिल्लो चरणमा हाम्रै पहलमा बिभिन्न कोणबाट धेरै नेपालीलाइ नेपालमानै रोजगारको सृजना भएको गरिएको छ । यो अभियान समाज सेवामात्र नभएर विदेशमा मात्र होइन नेपालमा पनि लगानी भित्राउनु पर्छ भन्ने मूल भाबलाइ आत्मसाथ आफुले सकेको यसलाइ आत्मसाथ गर्दै काम गर्दै आइरहेको छु र भविष्यमा अझ बढाउने समेत जानकारी गराउदछु । अन्तमा यो अभियानमा सुरुदेखि लागेदेखि हाल सम्म आउदा साथ सहयोग दिनुहुने सम्पूर्णमा हृदय देखिनै धन्यबाद दिन चाहन्छु । बिगतमा कहिँ कतै भएका कमि कमजोरी भएको भए आत्मसाथ गर्दै यो अभियानमा थप सक्रिय भएर लाग्न यहाँहरु को साथ सहयोग, सल्लाह र मायाँ पाउनेमा बिश्वस्त रहेको छु । धन्यवाद ।

रोविन्द श्रेष्ठ (गोविन्द) 
एनआरएनए एसिया प्यासिफिक सयोजक प्रत्यासी