Nepali date


शनिबार, कार्तिक २, २०७६

महत्त्वपूर्ण विधेयक अझै पनि विचाराधीन नै

सङ्घीय संसद्को करिब पाँच महिनाको चौथो अधिवेशन अवधिभर सातवटा विधेयक दुवै सदनबाट पारित भए।

चौथो अधिवेशनमा दर्ता १७ मध्ये सात विधेयक पारित भएका छन्। तर संसदमा दोस्रो अधिवेशनदेखि नै विचाराधीन रहेका केही विधेयक भने पारित भएनन्।

विषयवस्तुको विवादका कारण समितिले प्रतिवेदन नै तयार पार्न नसक्दा महìवपूर्ण मानिएका विधेयक समितिमै थन्किएका हुन् । विचाराधीनमध्ये केही विधेयक विवादका कारण अगाडि बढ्न सकेनन् ।

केही विधेयकमा राजनीतिक सहमति बने पनि प्रक्रियाकै चरणमा छन् । राष्ट्रियसभाबाट उत्पत्ति भएका चौथो अधिवेशनका कुनै पनि विधेयक पारित भएनन् । प्रतिनिधिसभाबाट उत्पति भएकामध्ये सात विधेयक दुवै सदनबाट पारित भए ।

संसद्ले चौथो अधिवेशनमा सङ्घ र प्रदेशको साझा अधिकार सूचीको नेपाल प्रहरी तथा प्रदेश प्रहरीको निरीक्षण, सुपरीवेक्षण तथा सञ्चालनसम्बन्धी विधेयक पारित गर्यो । दुईवटा विधेयक पारित भए पनि सङ्घीय प्रहरी ऐन निर्माणको प्रक्रिया अघि नबढ्दा प्रदेशमा प्रहरी सेवा गठनको कानुनी बाटो खुलिसकेको छैन ।

सङ्घीय निजामती सेवा गठनसम्बन्धी विधेयक संसदीय संसद्मा विचाराधीन हुँदा प्रदेशले सेवा गठनको कानुन तर्जुमा गर्न सक्ने अवस्था छैन । कानुन मन्त्रालयका सहसचिव एवं प्रवक्ता धनराज ज्ञवाली साझा अधिकार सूचीका कानुन केन्द्रले नबनाएसम्म प्रदेशले तर्जुमा प्रक्रिया अगाडि बढाउन नसक्ने बताउँछन् ।

तर, प्रदेश प्रहरी विधेयकको हकमा सङ्घीय संसदले समायोजनसम्बन्धी र समन्वय तथा सपरीवेक्षणको विधेयक पारित गरिसकेकाले स्वीकृति लिएर अघि बढ्न सक्ने ज्ञवालीले बताए । गोरखापत्रमा खबर छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया