काठमाडौं- विश्वकै अग्लो भवन बुर्ज खालिफामा नेपालको राष्ट्रिय झण्डा फरफराएको छ ।
नेपालको संविधान दिवसको अवसरमा बुर्ज खालिफामा नेपाली झण्डा फरफराइएको हो ।
यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार सरकारको अनुमतिमा १ मिनेटसम्म बुर्ज खलिफाको भवनमा नेपाली झण्डा फहराइएको हो ।
यूएईको स्थानीय समयअनुसार शुक्रबार साँझ ९:१० (नेपाली समय १०:५५)बजे मा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवनमा पहिलो पटक फहराइएको हो ।
संसारको अग्लो भवन बुर्ज खलिफामा नेपाली झण्डा फहराउँदा नेपाली पहिचान, नेपालले तय गरेको पर्यटन वर्ष २०२० लाई समेत सहयोग पुग्ने विश्वास लिएको बताए ।
बुर्ज खालिफामा नेपाली झण्डा फरफराएपछि यूएईमा रहेका नेपालीले खुसीयाली मनाएका थिए । राजमार्ग

