मङ्गलबार, बैशाख ०४, २०८१

नेपाल जापान फुटवल संघको अध्यक्षमा पुन: बसन्त गौचन चयन

टोकियो । नेपाल जापान फुट्बल संघको अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनबाट पूर्व राष्ट्रीय फूटबल खिलाडि बसन्त गौचनको अध्यक्षतामा १७ कार्यसमिति चयन गरेको छ ।

आज आइतवार भएको नेपाल जापान फुट्बल संघको अधिवेशनबाट अध्यक्षमा बसन्त गौचन,ब.उपाध्यक्षमा शिब खड़का, उपाध्यक्षहरूमा सचिन श्रेष्ठ,नमस्ते गुरुङ,सम्बोधन लामा,विशाल कार्की र महासचिवमा मनोज श्रेष्ठ,सचिवमा पारस गुरुङ ,कोषाध्यक्षमा अखिल लामा,सह कोषाध्यक्षमा भरत थापा चयन भएका छन ।
सदस्यहरूमा सन्तोष पाण्डे,भुवन थापा,सागर कार्की ,सुबास तमाङ,रितेन श्रेष्ठ चयन भएक छन् ।

त्यस्तै संरक्षक टासी वांदी लामा,सल्लाहाकारहरु बिजय थकाली ,शिव हरी पौडेल ,श्री भक्त गुरुङ,बिकास श्रेष्ठ,राजिब श्रेष्ठ ,अमृत गुरुङ,रविन शेरचन,माइकल गौचन,रमेश गुरुङ ,लेलिन भट्टचन,प्रसान्त तमाङ,रोशन बायोमोजी छन् ।

जापानमा रहेका ३१ फूटबल क्लब सहभागिता यो सस्थामा जापानमा रहेको सबै फुट्बल प्रतियोगितामा नेतृत्व गरिरहेको छ ।