Nepali date


आइतवार, मंसिर २२, २०७६

भारत–चीन विवाद : दुई देशका सेनाबीच दिनभर घम्साघम्सी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दोस्रो औपचारिक शिखर वार्ताको तयारी भइरहेका बेला दुई देशका सेनाबीच सामान्य झडप भएको छ ।

भारत र चीन सीमाक्षेत्र लद्दाखमा गस्तीमा रहेका सैनिकबीच झडप भएको हो । भारतको लद्दाख छेउको पागंग तालनजिक दुई देशका सेनाबीच झडप भएको बुधबार दिनभर चलेको भारतीय सञ्चार माध्यमले जानएका छन् ।

१३४ किलोमिटर लामो उक्त तालकोे उत्तरी किनार नजिक चीन र भारतबीचको ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ (एलएसी) क्षेत्रमा झडप भएको बताइएको छ । तालको दुई तिहाई हिस्सा चीनको नियन्त्रणमा रहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया