Nepali date


आइतवार, कार्तिक ३, २०७६

जनजाति महासंघ क्यूसु जापानले गर्न लागेको भलिबल प्रतियोगिताको तयारी पुरा

फुकुओका । नेपाल आदिवासी जनजाति महासंघ, क्यूशु क्षेत्रीय कार्यसमिति फुकुओका, जापानले अक्टोबर १२ फुकुओकाको हाकातामा आयोजना गर्न गईरहेको पहिलो रनिंग कप भlलबल प्रतियोगिता २०१९ को सम्पूर्ण तयारी पुरा छ ।

बिश्वभरी छरीएर रहेका जनजातिहरूको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ नेपाल सरकारबाट मान्यता प्राप्त पुरानो संस्था हो । जापानको फुकुओकामा पनी बाल्को उपस्थिति रहेको जनजातिहरूले बिगत ३ बर्ष अगाडी मात्र नेपाल आदिवासी जनजाति महासंघ, क्यूशु क्षेत्रीय कार्यसमितिको गठन गरेको हो ।

बिगतका दिनमा निष्क्रिय रहेको महासंघ पछिल्लो समय आदिवासीहरूको बिभिन्न संस्थाका अध्यक्षहरू र बौधिक बर्गको संलग्नता रहने गरी नया कार्यसमिति पुनर्गठन गरीसकेपछी भने फुकुओकामा सक्रिय भूमिकामा रही नेपाल र नेपालीहरूको पहिचान र अस्तित्वलाई जापानिजहरू सामु बिभिन्न गतिबिधि तथा कार्यक्रमहरू गरी प्रचारप्रसार गर्ने रणनीतिका साथ अघि बढिरहेको छ । पुनर्गठित कार्यसमितिबाट छोटो समय मैं नेपाल र जापनिज नागरिकहरुको मन जित्ने गरी कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ । केही महीना अगाडी मात्र जनजाति महासंघ ,क्यूशु कार्यसमितिले जापान रेडक्रस सोसाईटीसंगको सहकार्यमा फुकुओकाको सिमीन सेन्टर र हाकतामा ५०-६० जना नेपालीहरूको उपस्थितिमा फुकुओका मैं पहिलो पटक बृहत् रक्तदान जीवन दान कार्यक्रम आयोजना गरेर जापनिजहरू माँझ आफ्नो छाप छोड़न सफल भएको आयोजकहरूको ठम्याई छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया