मङ्गलबार, बैशाख ०४, २०८१

नेपाली कामदार मलेसिया जाने बाटो खुल्यो

काठमाडौं । २०७५ जेठ २ गतेबाट बन्द रहेको मलेसियाको रोजगार खुला गर्न सहमति भएको छ । मलेसिया रोजगारी नेपाल र मलेसियाको श्रम मन्त्रालय स्तरीय प्राविधिक समितिमा तत्कालै मलेसियाको रोजगारी खुला गर्ने सहमति भएको हो । सहमति जुटेसँगै नेपालबाट नयाँ कामदार कामदार मलेसिया जाने बाटो खुला भएको छ । कामदारहरु अब ‘शून्य लागतमा मलेसिया जान पाउनेछन् ।

कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ भने मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा रिफन्ड गर्ने समझदारी दुई दशेबीच भएको छ ।

म्यानपावर व्यवसायीदेखि विभिन्न राजनीतिक दल र कामदारहरुले मलेसियाको रोजगारी खुलाउन दवाव बढाइरहेको बेला क्वाललम्पुरमा भएको तीन दिने वार्तामा यस्तो सहमति जुटेको हो ।

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीका अनुसार अब श्रम समझदारी अनुसार मलेसियमा नयाँ कामदार जान पाउनेछन् ।