Nepali date


आइतवार, कार्तिक ३, २०७६

गायक प्रसाद र गायिका जुनाको दशैं मनाउन गीत सार्वजनिक

काठमाडौं । विजया दशमीको चहलपहल सुरु भएको छ । यसै सन्दर्भलाई समावेश गरी कलाकारहरुले दशैं गीत ल्याउने चहलपहल पनि बढिसकेको छ ।

यसै क्रममा लोकप्रिय कलाकार एवं गायक प्रसाद खप्तरी र गायिका जुना श्रीसको संयुक्त आवाजमा दसैं मनाउन नामक गीत सार्वजनिक भएको छ । शिव खाम्चाको शब्द तथा संगीत रहेको उक्त गीतमा विश्वास नेपालको संगीत संयोजन रहेको छ ।

दुर्गा विरहीले उक्त भिडियोमा निर्देशन गरेका छन् भने प्रकाश खड्काको छायांकन तथा मनोज कार्कीकोले सम्पादन गरेका हुन् ।

दिप्सन परियारको श्रृङ्गार रहेको गीतमा विकाश आले मगर, किरण थापा मगर,शिव खाम्चा मगर र सरिता खाम्चा मगरको दमदार अभिनय रहेको छ ।

परदेशिएका नेपालीहरुको दुखका यथार्थ विषयवस्तुलाई गीतको शब्दमा समावेश गरेर आउँदै गरेको दशैंलाई लक्षित गरि बजारमा ल्याएको छ । आत्मा विश्वाश फिल्मस् प्रालिको उत्पादन तथा निर्माण रहेको भिडियोमा आर्यान मगरले कोरियोग्राफर गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया