
बाँके । नेपालगञ्जमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बाँके प्रहरी प्रमुख वीरबहादुर वलीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका—५ का ६० वर्षीय रामचन्द्र लोदको बुधबार करेन्ट लागेर मृत्यु भएको हो । सोही स्थानमा रहेको जैदस आरा मिलमा अटो रिक्साको व्याट्री चार्ज गरिरहेको अवस्थामा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका लोदलाई उपचारका लागि भेरी अस्पताल नेपालगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया