Nepali date


आइतवार, कार्तिक ३, २०७६

पहिचान पक्षधरहरुले असोज ३ लाई कालो दिनको रुपमा मनाउने

काठमाडौं । आदिवासी जनजाति,मधेसी, मुस्लिम र पहिचान पक्षधर साना दलहरुले असोज ३ लाई कालो दिनको रुपमा मनाउने भएका छन् ।

बुधबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी कालो दिनको रुपमा मनाउने तयारी गरिएको जनाएका हुन् ।
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले विभेदकारी संविधान संशोधन गरी उत्पीडितहरुको अधिकार स्थापित नगरिएसम्म हरेक साल असोज ३ लाई कालो दिनकै रुपमा मनाउने प्रष्ट पारे ।

उनले भने, ‘असोज ३ लाई आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला लगायत सम्पूर्ण उत्पीडितहरुमाथि धोका, षडयन्त्र, जालसाजी र विभेदन गरिएको रुपमा लिएका छौ,’ उनले भने, ‘असोज ३ कालो दिनकै रुपमा मनाउने हाम्रो तयारी छ । लोकसेवा आयोगले संविधानमा उल्लेख भएको समावेशी व्यवस्थाविपरीत स्थानीय तहमा कर्मचारी भर्ना गरेपछि सुरु गरिएको उत्पीडितहरुको आन्दोलन पछिल्लो समय सुस्ताएको भए पनि बुधबार उनीहरुले पुनः आन्दोलन घोषणा गरेका छन् ।

उनीहरुले यही भदौ २५ गतेदेखि असोज ३ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
असोज २५ देखि ३० गतेसम्म देशभर प्रचारप्रसार, अपिल र गोष्ठि गर्ने कार्यक्रम छ । असोज १ गते दिउँसो देशभर पहिचानसहितको संघीयता उल्लेख भएको प्लेकार्ड, व्यानर बोकेर जुलुस प्रदर्शन गर्ने र असोज ३ गते साँझ ७ देखि साढे ७ बजेसम्म देशभर ब्ल्याकआउट गर्ने आन्दोलनको कार्यक्रम छ ।

आन्दोलनबारे जारी गरिएको विज्ञप्तीमा महासंघका अध्यक्ष बरामका साथै मधेसीबाट सरोज राय, दलितबाट दलमर्दन कामी, मुस्लिमबाट नजरुल हसन, महिलाबाट चिनिमाया माझी, अन्तरपार्टी सञ्जालबाट इन्द्रबहादुर गुरुङ,चन्द्रविक्रम राई, रत्नविक्रम स्याङ्बो, प्रा.डा.ओम गुरुङ र कुमार लिङ्देनले हस्ताक्षर गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया