शनिबार, बैशाख ०८, २०८१

नेकपा नेता बामदेव गौतमलाई पनि डेंगुको आशंका !

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमलाई डेंगु संक्रमण भएको आशंका गरिएको छ । पछिल्लो समय काठमाडौंमा चर्चित व्यक्तिहरूलाई डेंगु देखिएका बेला गौतम पनि ४ दिनदेखि ज्वरोले पीडित भएपछि यस्तो आशंका गरिएको हो ।

लगातार चार दिनदेखि ज्वरो आएपछि नेता गौतमलाई डेंगुको आशंका गर्दै रगत परीक्षण गरिएको छ । गौतमको निही सचिवालय स्रोतका अनुसार डेंगु भएको आशंकामा रगत परीक्षण गरिएको हो जसको रिपोर्ट आउन बाँकी छ । शनिबारबाट शुरु भएको ज्वरोले गौतमलाई नछोडेपछि डेंगुको आशंका गरिएको हो । नेता गौतम सिंगापुरबाट गत २० भदौमा स्वदेश फर्किएका हुन् ।

सिंगापुरमा डेंगुको महामारी फैलिएपछि आपतकाल नै घोषणा गरिएकाले नेता गौतमलाई उतै संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले बताएका छन् ।