शुक्रबार, बैशाख १४, २०८१

ताजिकिस्तानलाई हराउँदै नेपाल नाडेज्दा कपको फाइनलमा

काठमाडौं । किर्गिस्तानमा जारी ‘नाडेज्दा कप’ फुटबलमा अन्तिम लिग खेलमा नेपालले ताजिकिस्तानलाई हराउँदै फाइनल प्रवेश गरेको छ । आजको खेलमा अन्तिम समयमा गोल गर्दै नेपाल १–० ले विजयी भएर फाइनल पुगेको हो ।

नेपाल यसअघिको एक खेलमा उत्कृष्ट जित निकाल्न सफल भएको थियो भने एक खेलमा हार व्यहोरेको थियो । नेपाल पहिलो खेलमा घरेलु टिम किर्गीस्तानसँग ८–२ गोल अन्तरले विजयी भएको थियो । दोस्रो खेलमा भने नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो । नेपालको फाइनलमा कोसँग भिडन्त हुन्छ भन्ने भोलिको खेलपछि थाहा हुनेछ ।