Nepali date


सोमवार, मंसिर ३०, २०७६

एनआरएनए नाइजेरियाद्वारा लेगोसमा रक्तदान

नाइजेरिया । गैरआवासिय नेपाली संघ, नाइजेरियाले लेगोसमा रक्तदान कार्यक्रमको आयोजना गर्यो ।
रोटरी क्लब पाल्म ग्रुभ र महारास्ट्र मन्डला सह आयोजक रहेको उक्त कार्यक्रममा खुश्बु अर्याल , सोमेश अर्याल ,आशा सरकार ,भरत सुनार ,प्रकाश अर्याल ,रोहित भाङ्गर , बिरेन्द्र गुप्ता , अभिशेकमान सिंह , बिदुर घिमिरे ,सुरज गिरी , रमेश गुप्ता , रुपा गुरुङ , जिग्नेश देब , सन्दीप सिंह , भरत रिजाल , मनिष नायक लगाएत ६८ जनाले रक्तदान गरेका थिए । यो रक्तदान कार्यक्रम एनआरएन नाइजेरियाको तेस्रो पटकको कार्यक्रम हो ।
कार्यक्रममा एनआरएनए अन्तरास्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापा ,महिला उप संयोजक मन थापा ,आइसीसी सदस्य चिरञ्जीवी रोका ,पुर्ब अफ्रिका क्षेत्रीय उप संयोजक बिदुर घिमिरे ,निबर्तमान अध्यक्ष बिश्वास पौडेल लगाएत पदाधिकारीको उपस्थिति रहेको थियो भने कार्यक्रमको संयोजन एनआरएनए नाइजेरियाका अध्यक्ष रोशन थापाले गर्नु भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया