कोरिया । गैरआवासीय नेपाली संघ (एनआरएनए)दक्षिण कोरियाको उपाध्यक्ष पदमा संजिव राईले उम्मेद्वारी दिने भएसंगै वाजी मार्ने भएका छन् ।
न्यू भिजन ग्रुप दक्षिण कोरियाको अध्यक्ष , उदयपुर सेवा समाज,एनआरएनए किम्हे लगाएतका संस्थामा बसेर बिगत ७ बर्ष देखी दक्षिण कोरियामा सामाजिक कार्यमा गरिरहेका छन ।
राईलाई ख्याङ्सन किम्हे बुसान,मासान,मिर्याङ,उल्सान लगाएत दक्षिणी भेगको साँझा प्रतीनिधिको रुपमा सर्बसम्मतले उपाध्यक्षमा पठाउने निर्णय गरेका राईले बताए ।
मलाइ यो भेगका साथीभाइले सर्वसम्मत रूपमा पठाउनु भएको छ । हामी सउल क्षेत्रका साथीभाइसँग मिलेर काम गर्छौ ।’ उनले भने । ‘मैले दक्षिण कोरियामा रहेका नेपाली प्रतिको वितृष्णा मेटाउदै नेपाली कामदारहरू हकहितमा सकेको गर्नेछु । सम्पुर्ण कोरियाबासी नेपालीलाई आफ्नो मताधिकारको प्रयोग गर्दै सबल र सक्षम एनआरएनए निर्माणमा सहयोग गर्नु हुनेछ भन्ने मलाइ लागेको छ ।’ उनले थपे ।
गैरआवासीय नेपाली संघको विधान अनुसार एक जना वरिष्ठ उपाध्याक्ष र तीन जना उपाध्यक्ष हुनेछन् ।

सम्पुर्ण कोरियावासी नेपाली दाजु-भाई तथा दिदि-बहिनीहरुमा नमस्ते ।
गैरआवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको सातौं अधिबेसन २०१९ मा मैले उपाध्यक्ष पदको लागी आफ्नो उम्मेद्वारी घोषणा गरिसकेको छु ।यो कुनै पार्टी,पावर,पैसा,जाती अनि भुगोलको निम्ती नभै बिगत लामो समयदेखिको सामजिक कार्य र मजदुरको सुख: दुख अनि समस्याको अनुभब लाई सस्थागत गर्दै समाधान गर्न कोरियामा रहेको ८५% तपाई हामी श्रमजिबी मजदुरबर्गको प्रतीनिधिको रुपमा हो ।मेरो अन्य उमेद्वारहरुको जस्तो हात्ती पछार्ने अनि कुदेको रेलनै समात्ने जस्ता आखामा छारो हाल्ने कुनै प्रतिबद्दता छैन जे गर्न सक्छु अनि अधिकांश मजदुरको जे समस्या छ साथै भोलिको लागी नेपाल गएर के गर्न सकिन्छ त्यस्मै केन्द्रीत छु; हुनेछु । ४५• तातो अनि -२० डिग्री को चिसोमा काम गर्नेहरुको पिडा AC भएको कोठाबाट क्यास दिनु कि डिपोजिट गरिदिनु आजको विशेष…..भन्दै fb मा फोटा पोस्ट्याउने हरुले बुझ्न सक्दैनन सकेनन्।
NRNA आफ्नो पोल्टामा पार्न लाखौ चल्खेल गरिरहदा यो बुझ्न जरुरी छ,सबैले हिजोका दिनमा NRNA कोरिया के हो अनि यस्को गतिबिधी के ?देखेका छन बुझेका छन ।त्यसैले पक्कै पनि यो पटक सबैले स्व:विवेक प्रयोग गर्नुहुनेछ;गर्नुहोला धन्यबाद !
मेरा एजेन्डाहरु:-
1-बैधानिकता प्राप्ती सङ्गै संरचना सुधार गरेर पारदर्शी एन आर एन एन ए निर्माण गर्नेछु।
2-प्रबासी मजदुर हरुको एक मात्रै बैधानिक सस्था एम टि यु सङ्ग सहकार्य गरेर E-9 भिसामा कार्यरत सम्पुर्ण नेपाली हरुको समस्या समाधान तथा WPS लागू गराउन साथ दिदै सहकार्य गर्नेछु।
3-राजदूतावासको सेवा ,काम ,कर्तव्य लाई सबै नेपाली हरु बिच सरल र सहज बनाउने घुम्ती सेवा सन्चालनमा पहल गर्नेछु।
4- नेपाल सरकार सम्बन्धित निकाय सङ्ग समन्वय गरि कोरिया मा सिकिएका सीप ज्ञान र पुजि लाई नेपाल मा ब्यबस्थापन गर्न पहल गर्नेछु।
5-नेपाली भाषा साहित्य कला गित संगीत भेष भुसा र सस्कृती लाई कोरियामा प्रबर्द्धन एब जगेर्ना गर्दै अतिरिक्त क्रियाकलाप प्रतिभा भएका हरुको लागि प्रोत्साहन कार्यक्रम राख्नेछु।
6-मजदुर मैत्री एन आर एन ए निर्माण गर्दै भैपरी आउने समस्या लाई मध्यनजर गरेर आपतकालीन हट लाईन कल सेवा को स्थापना गर्नेछु।
7-एन आर एन ए सस्था लाई बिसुद्द राजनितिक एब समाज सेवा मा हातेमालो गर्दै अगाडि बढ्नेछु।
संजिबकुमार राई
उपाध्यक्ष पदको उम्मेद्वार NRNA दक्षिण कोरिया

