शनिबार, बैशाख ०८, २०८१

टेलिकमको सिमकार्डबाट अब विदेश गएकाे बेलामा इन्टरनेट चलाउन पाइने

काठमाडौं । नेपाल टेलिकमको सिमकार्डबाट अब विदेश गएकाे बेलामा पनि इन्टरनेट चलाउन पाइने भएको छ ।

टेलिकमले पोस्टपेड ग्राहकका लागि विभिन्न ८७ देशका १ सय ९२ भन्दा बढी दूरसञ्चार सेवा प्रदायक कम्पनीसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराउने भएको हो ।
टेलिकमले यसअघि पोस्टपेड र प्रिपेडका ग्राहकलाई अन्तर्राष्ट्रिय रोमिङमा भ्वाइस र एसएमएस आदान–प्रदान गर्ने सुविधा मात्रै दिइरहेकोमा अब भने डेटा रोमिङ सेवा पनि दिन लागेको हो ।
टेलिकमले शनिबारदेखि नै छिमेकी देश भारतमा अन्तर्राष्ट्रिय डेटा रोमिङ सेवा दिन सुरु गरेको जनाएको छ । डेटा रोमिङ सुविधाबाट अब भारतमा जाँदा भ्वाइस र एसएसएमका साथै इन्टरनेट सेवा पनि उपयोग गर्न सकिने भएको छ ।

शनिबारदेखि अन्तर्राष्ट्रिय रोमिङ सेवा लिने ग्राहकहरुलाई भने सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा इन्टरनेट सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।