Nepali date


आइतवार, अशोज ५, २०७६

एनआरएनए आईसीसी कोषाध्यक्षमा सोम सापकोटाले उम्मेद्धारी दिने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)सह-कोषाध्यक्ष सोम सापकोटाले आगामी कार्यकालका लागि कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनए आईसीसीको सह-कोषाध्यक्षमा रहेर जिम्मेवारी पुरा गरेका सापकोटाले बांकी रहेका अधुरा योजना सम्पन्न गर्नुका साथै आर्थिक रुपले सम्पन्न एनआरएनए निर्माण अभियानमा समर्पित हुने उद्देश्यसहित कोषाध्यक्षमा उम्मेदवारी दिन लागेको जानकारी गराए ।
सन् १९९६ देखि स्वीजरल्याण्डबाट प्रवासी जीवन सुरु गरेका सापकोटाले २००६ मा गैर आवासीय नेपाली संघ पोर्तुगलको कार्यसमिति सदस्य, २००९ -११ डेनमार्कको संस्थापक अध्यक्ष, २०११ -१३ गैर आवासीय नेपाली संघ केन्द्रीय सदस्य साथै २०१३-१५ यूरोप सहसंयोजक र २०१५-१७ केन्द्रीय सदस्यमा रहेर सकुशल संस्थागत जिम्मेवारी पुरा गरेका छन् ।
मौजुदा कार्यसमितिमा निडर, सकृय र गैरआवासीय नेपाली संघलाई नजिकबाट बुझेको सदस्यको रुपमा सापकोटाले आफुलाई स्थापित गरेका छन्। संस्थामा सबै खाले एनआरएन र संसारका सबै क्षेत्रबाट केन्द्रिय समितिमा प्रतिनिधित्व हुनुपर्ने साथै वैदेशिक रोजगारबाट गैर आवासीय नेपाली संघको शुरुआत हुने हुनाले एनआरएनएको भूमिका वैदेशिक रोजगारको व्यवस्थापन सहयोगमा हुनुपर्ने उनको जिकिर छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया