शुक्रबार, चैत १६, २०८०

टोकियोमा ताईफुको कारण एकको मृत्यु ३ दर्जन बढी घाईते

जापान । टोकियो र आसपासको क्षेत्रमा फाक्साई नाम गरेको ताईफुले वितण्डा मच्चाउँदा मानविय क्षति सहित रेल सेवा अस्तव्यस्त बन्न पुगेको छ ।

आईतबार रातीबाट राजधानी टोकियो महानगरिय प्रहरीको अनुसार ताईफुकै कारण एकजनाको मृत्यु हुनुका साथै ४१ जना घाईते भएका छन् ।

विद्युत् आपुर्तीको लाईनहरुमा ताईफुले क्षति पुर्याउँदा लाखौं घरहरुमा विद्युत् आपुर्ति अवरुद्ध भएके थियो । ताईफुका क्रममा तिब्रगतिको हावासँगै परेको मुसलधारे बर्षाका कारण फुकुसिमा,चिबा क्षेत्रमा व्यापक असर पारेको छ ।

टोकियो ईलेक्ट्रिक पावर कम्पनीले टोकियो क्षेत्रमा ८ लाख घरहरुमा विद्युत् आपुर्ती अवरुद्ध भएको थियो । शक्तिशाली ताईफुले रेलमार्गमा समेत व्यापक असर पारेको छ ।।

रेलको लिगको भागमा समेत केही स्थानमा क्षति पुग्दा त्यसलाई मर्मत गरेर सुचारु गर्ने क्रममा मध्यान्हबाट मात्र केही स्थानमा रेल सेवा सूचारु भएका थिए ।
हवाई उडान तर्फ समेत सोमबार मात्र जापानभित्रै उडान हुने १ सय ६० बढी आन्तरिक उडान अवरुद्ध भएका छन् ।