आइतबार, बैशाख १३, २०८३

दोरम्वा गाउँपालिकाको नयाँ भवन उद्धघाटन्

कैलाश खत्री,मन्थली ।
रामेछाप रामेछापको दोरम्वा गाउँपालिकाको नयाँ कार्यालय भवनको शुक्रबार उद्धघाटन गरिएको छ । गाउँपालिकाको कार्यालय टोकरपुरमा आयोजित एक कार्यक्रमका विच प्रदेश नम्वर तीनका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले भवनको उद्धघाटन गर्नुभएको हो ।
दोरम्वा गाउँपालिकाका अध्यक्ष कमान सिं मोक्तानको अध्यक्षतामा भएको भवन उद्धघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले विकासको क्षेत्रमा दोरम्वा गाउँपालिकाले अब नयाँ उचाई लिने विश्वास व्यक्त गर्नुभयो । मन्त्री ढुंगेलले प्रदेश सरकारको तर्फबाट गाउँपालिकाको पुर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
त्यस कार्यक्रममा नेकपा रामेछापका अध्यक्ष मैन कुमार मोक्तान,खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ , दोरम्वा गाउँपालिका उपाध्यक्ष कृशला घिसिङ, गैर सरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष रत्न प्रसाद कडेल लगायतले मन्तव्य राख्नुभएको थियो ।
नयाँ भवन बनेसंगै दैनिक कार्यसम्पादनमा सहज भएको दोरम्बा गाउँपालिकाले जनाएको छ ।