Nepali date


आइतवार, अशोज ५, २०७६

रामेछापको मन्थलीमा सनराइज बैंकको १ सय २२औँ शाखा

कैलाश खत्री,मन्थली ।
रामेछापको सदरमुकाम मन्थलीमा सनराइज बैंकले आफ्नो शाखा स्थापना गरेको छ । देवकोटा चोकमा बैंकले १ सय २२ औँ शाखाका रुपमा आफ्नो शाखा खोलेको हो ।
बिहीवार एक कार्यक्रमका बिच मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले शाखाको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै मन्थली नगरपालिका प्रमुख बस्नेतले रामेछापमा उत्पादन क्षेत्रमा लगानी बढाउँन बैंकलाई आग्रह गर्नुभयो । उहाँले कृषि क्षेत्रमा काम गर्ने कृषका लागि कर्जा प्रवाहा गर्न बैंकलाई सुझाव दिनुभयो ।
मन्थली नगरपालिकामा साना घरेलु कुटिर उद्योगको सम्भावना रहेको भन्दै नगर प्रमुख बस्नेतले त्यस क्षेत्रमा लगानी गर्न बैंकलाई आग्रह गर्नुभयो । नगर प्रमुख बस्नेतले कृषि र पशुपालन मन्थली नगरपालिकाको समृद्धिको आधार भएको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा बैंकका सि.ओ जनक शर्मा पौडेल, निर्देशक दीपक नेपाल , बैंकका नायव महाप्रबन्धक अपक्ष कुमार यादव र म्यानेजर सफल आचार्यले बोल्नुभएको थियो।
अहिले सो बैंकले ७१ अर्बको कारोबार गरिरहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

मन्थलीमा बिस्तार भएको सनराइज बैंकको शाखाले घरजग्गा कर्जा,दश लाख सम्म कृषि कर्जा , विदेश गएर आएकालाई दश लाख सम्म व्यावसायिक ऋण र विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीहरुलाई पाँच लाख सम्म ऋण दिने बैंकले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया