शुक्रबार, बैशाख ०७, २०८१

अमेरिकाको मिसौरीमा नेपाली चढेको टोयटा दुर्घटना, ३ जनाको निधन, २ गम्भीर

अमेरिका । अमेरिकाको मिसौरी राज्यमा टोयटा दुर्घटना हुँदा एकै परिवारका ३ जना नेपालीको ज्यान गएको छ । उक्त दुर्घटनामा परी अन्य २ जना घाईते भएका छन् ।

सेप्टेम्बर ३ तारिखका दिन मिसौरी राज्यको २४९ इस्ट हाईवेमा सिल्भर कलरको उक्त टोयटा दुर्घटना हुँदा केही समयदेखि अमेरिकामा बस्दै आएकी श्रदा ओझा खनाल, शान्ता खनाल, गोविन्द खनालको ज्यान गएको हो। प्रभास ओझा र ४ वर्षीय बालक गम्भीर घाईते भएका छन् । घाईतेको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

शान्ता खनाल र श्रद्धा ओझाको अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो भने गोविन्द खनालको घटनास्थलमै ज्यान गएको अमेरिकाका सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनाबारे पूर्ण विवरण आउँन बाँकी छ।

यस दुखद् घटनाप्रति डिसीनेपाल डटकम परिवार गहिरो दु:ख व्यक्त गर्दै शोक सन्तब्ध परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ।