शुक्रबार, बैशाख १४, २०८१

साइबर सुरक्षासम्बन्धी निर्देशिका जारी गर्दै राष्ट्र बैंक

चिनियाँ ह्याकरको एक समूहले शनिबार नेपालका केही बैंकको डेटा ह्याक गरी विभिन्न एटिएममार्फत करोडौं रुपैयाँ झिकेको घटनापछि बैंकको साइबर सुरक्षा नियमनतर्फ नेपाल राष्ट्र बैंक सक्रिय भएको छ ।

केन्द्रीय बैंकले बैंकहरुको साइवर सुरक्षासम्बन्धी निर्देशिका जारी गर्ने तयारी सुरु गरेको छ । राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका प्रमुख बमबहादुर मिश्रका अनुसार शानिबारको घटनाको अनुसन्धान टुंगोमा पुग्नासाथ केन्द्रीय बैंकले साइबर सुरक्षासम्बन्धी निर्देशिका ल्याउनेछ । आर्थिक अभियानमा खबर छ ।