मिडिया काउन्सिल विधेयकमा पत्रकारको योग्यता तोक्न सांससहरुको प्रस्ताव

काठमाडौं । नेपाल पत्रकार महासंघसहित सरोकारवालाको विरोधलाई सम्बोधन गर्ने गरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गरेका छन् । ठगेन्द्रप्रकाश पुरीसहित नेकपाका १५ राष्ट्रियसभा सदस्यले सोमबार संशोधन दर्ता गराएका हुन् ।
संशोधन प्रस्तावमा मिडिया काउन्सिल स्वायत्तता, १० लाख जरिवाना लगायतका सरोकारलाई सम्बोधनको प्रयास गरिएको छ भने पत्रकारको योग्यता तोक्न प्रस्ताव गरिएको छ ।

सरकारले ल्याएको विधेयकमा मिडिया काउन्सिलले पत्रकार वा सञ्चार माध्यमलाई २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था थियो । पत्रकार महासंघलगायतले यसको विरोध गरेका थिए ।

नेकपा सांसदहरुले हालेको संशोधनमा जरिवाना गर्ने काउन्सिलको अधिकार कटौतीको प्रस्ताव छ ।
संशोधन प्रस्तावमा ‘२५ हजारदेखि १० लाखसम्म जरिबाना भराउन सक्ने’ भन्ने शब्दको सट्टा ‘मध्यस्थता गरी मेलमिलाप गराइदिने’ लेख्ने उल्लेख छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया