Nepali date


आइतवार, अशोज ५, २०७६

रामेछापमा सुविधा सम्पन्न आधुनिक कर्भड हल निर्माण कार्य सुरु

रामेछाप । रामेछाप जिल्लामा पहिलो पटक सुविधा सम्पन्न आधुनिक कर्भड हल निर्माण हुने भएको छ । सदरमुकाम मन्थलीमा सुविधा सम्पन्न कर्भड हल निर्माण हुने भएको हो ।
तीन नम्बर प्रदेश सरकारको लगानीमा मन्थलीमा कर्भड हल निर्माण हुने भएपछि रामेछापवासी उत्साहित भएका छन् ।

तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार रामेछाप जिल्लामै पहिलो ठूलो कभर्ड हल निर्माण हुन लागेको हो । तीन नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत निर्माण हुन लागेको कर्भड हलको डिजाइनको काम सम्पन्न भइसकेको छ । कभर्ड हल निर्माण गर्नको लागि करिब १३ करोड रुपैयाँ खर्च हुने भएको छ ।
तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जिल्लामा पहिलो पटक बन्न लागेकाे कभर्ड हलकाे लागि बजेटको अभाव हुन नदिने बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया