नवलपुर समाज जापानले महिलाहरूलाई नि:शुल्क दर खुवाउने

जापान । हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर
नवलपुर समाज जापानले निशुल्क दर खुवाउने कार्यक्रम आयोजना गरेको छ ।
जापानमा बसोबास गर्नुहुने नवलपुरबासी लगायत सम्पूर्ण जापानबासी नेपाली महिलाहरूलाई नीशुल्क दरखुवाउदै आइरहेको नवलपुर समाज जापानले यस वर्ष पनी आऊदो अगस्त ३१ शनिवार को दिन तीज मेला – २०७६ , को आयोजना गरेको हो।
संस्थाले यसवर्ष पनी महिलाहरूलाई नीशुल्क दर खुवाउने तथा चर्चित कलाकारहरूको साथ मा बृहत् तीज को सांस्कृतिक धमाका गरी सम्पूर्ण जापान बासी हरूमाँझ रमाईलो गरी परदेसमा रहेपनी गाऊँघरको झल्को मेटाउने कोसिस गर्ने संस्थाका अध्यक्ष सागर प्रसाद कंडेल ले जानकारी दिनुभयो ।
यसपालि पनी बिधिध खानेकुरा को साथमा राष्ट्रीय तथा स्थानीय स्तरमा चर्चित कलाकार हरू, रमेशराज भट्टराई , अमित सापकोटा , खेमराज पौडेल , सोना के सी , निशा क्षेत्रि लगायत केहि आकर्षक नृत्य पनी रहेको संस्थाले जानकारी दीएको छ ।
साथमा कार्यक्रम मा उपस्थित हुन को लागी जापान बासी सम्पूर्णमा आवहान गरेको संस्थाका अध्यक्षले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया