हिक्मत थापाले एनआरएनए आईसीसीको उपाध्यक्षमा उम्मेद्वारी दिने

टोकियो । गैरआवासीय नेपाली संघका बर्तमान कोषाध्यक्ष हिक्मत थापाले बर्ष २०१९-२०२१ को लागि एनआरएन्ए आईसीसीको उपाध्यक्षमा उम्मेदवारी दिने बताउनु भएको छ ।
संघमा सन २००७ देखि आबद्द थापा एनआरएनए नाइजेरियाको स+स्थापक अध्यक्ष हुनुहुन्छ भने त्यस पछि दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक र दुई कार्यकाल कोषाध्यक्षको पदावधि सम्पन्न गर्दै हुनुहुन्छ । अफ्रिका महादेशमा एनआरएनए बिस्तारमा नेतृत्व गर्नु भएका थापाले यस अघि संघका सबै महत्वपूर्ण अभियानहरुमा सक्रियरुपमा योगदान गर्नु भएको छ ।

कैलालीको टिकापुरका स्थायी बासिन्दा थापा बिगत १३ बर्ष देखि अफ्रिकाको नाइजेरियामा बस्दै आउनु भएको छ । समाज सेवा र साहित्यमा विशेष रुचि राख्नु हुने थापा अफ्रिकामा नेपालीहरुलाई अप्ठ्यारोमा पर्दा उद्दार र सहयोगको समन्वय गर्ने ब्याक्तिको रुपमा परिचित हुनुहुन्छ । दैबी बिपत्ति र एनआरएनका नेपाल प्रोजेक्टहरुमा त्यस क्षेत्रबाट सधै नेपालका लागि महत्वपूर्ण सहयोग जुटाउनु हुने थापा ले एनआरएनए अभियान सुदृढीकरण र बिकासमा समेत आफनो छुट्टै नेतृत्वको पहिचान बनाउनु भएको छ ।

संघले संसार भरका गैरआवासीय नेपालीहरुको साझा संगठनको आफ्नो पहिचानलाई अझै उचो र सुदृढ बनाउनु पर्नेमा थापा प्रतिबद्ध हुनुहुन्छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: