आइतबार, बैशाख १३, २०८३

राप्ती समाज जापानको तीज विशेष दरखाने कार्यक्रम सम्पन्न

टोकियो । राप्ती समाज जापानले आयोजना गरेको तीज विशेष कार्यक्रम अन्तर्गत दर खाने कार्यक्रम टोकियोमा सम्पन्न भएको छ । नेपाली महिलाहरुको महान चाड तीजको अवसरपारी समाजले टोक्योको लाँलीगुराँस रेष्टुरेन्टमा आयोजना गरेको तीज विशेष दरखाने कार्यक्रम सम्पन्न भएको हो ।

आइतबार आयोजना गरिएको दरखाने कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष युवराज रेग्मीले गरेको थिए भने समाजका सल्लाहाकार ताराप्रकाश बुढा मगर प्रमुख अतिथि रहेका थिए । समाजका महासचिव प्रकाश ओलीले सञ्चालन गरेको कार्यक्रममा प्रवक्ता कमल बाँठा र सह-कोषाध्यक्ष आयुष्मा पुन मगरको स्वागत मन्तब्य राखेका थिए ।कार्यक्रममा राप्ती भित्र र बाहिरका नेपाली महिलाहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न समाजका उपाध्यक्ष नारायण मगर, मनराज बिश्वकर्मा, सचिव पञ्चबीर चौधरी, कोषाध्यक्ष केशव भण्डारी लगायत कार्य समितिका सदस्यहरुले ब्यवस्थापन गरेका थिए । महिलाहरुले आफ्नो संस्कार, संकृती झल्कने भेषभूषामा नाँचगान गर्नुकासाथै बिभिन्न परिकारका खानेकुराहरुको पनि ब्यवस्था गरिएको थियो ।

समाजले प्रत्यक वर्ष तीजको अवसरमा महिलाहरुलाई लक्षित गरी विशेष कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रममा कार्य समितिका सम्पूर्ण पदाधिकारी लगायत राप्तीबासिहरुको उलेख्य सहभागिता रहेको थियो ।