Nepali date


शुक्रबार, फाल्गुन १६, २०७६

वातावरण संरक्षण परियोजनाको नगरपालिका स्तरिय सल्लाहकार समिति वैठक सम्पन्न

कैलाश खत्री,रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका र मन्थली नगरपालिकालाई मुख्य कार्यक्षेत्र बनाई काम गरिरहेको वातावरण संरक्षण परियोजनाको सोमबार सल्लाहाकार समितिको वैठक सम्पन्न भएको छ ।
त्यस परियोजनाले मन्थली नगरपालिकाको १,२,३,४,५ र ६ नम्वर र रामेछाप नगरपालिकाको ७,८ र ९ नम्वर वडामा वातावरण संरक्षणको काम गरिरहेको छ ।

तीन वर्षे कार्यअवधि रहेको त्यस परियोजनाले ति ठाउँहरुमा वृक्षारोपण,पानीको मुहान संरक्षण,पोखरी निर्माण र सामुदायिक विद्यालयमा वगैचाँ निर्माणसहित वालक्लव गठन् लगाएत वातावरणिय सचेतनाका कार्यक्रमहरु संचालन गर्ने जनाएको छ ।

जर्मनीको संघिय सहायता तथा आर्थिक विकास मन्त्रालय (विएमजेट) र तेरे दे जोम्स जर्मनीको कुल १० करोड आर्थिक सहयोगमा बाताबरण संरक्षण परियोजनाले रामेछाप जिल्लामा रहेका सृजनशिल युवा समाज चिसापानी,सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटार र सामुदायिक विकास समाज मन्थली सँगकाे साँझेदारीमा कार्यक्रम संचालन गरिरहेको छ । त्यस अवधिमा परियोजनाको कार्य क्षेत्र भित्र ५० वटा पोखरी बनाउने,३० वटा खानेपानीको मुहान संरक्षण गर्ने छ भने १० वटा माछापोखरी मार्फत १ सय कृषकहरुलाई लाभान्वित गराउने योजना रहेको जानकारी गराईएको छ । १ सय ५० ओटा गोठ सुधार गरिने बताईएको छ ।त्यस्तै फोहोर व्यवस्थापनका लागी वजार क्षेत्रमा ९० ओटा ईन्सिनेटर राखिनेछ । परियोजना सन् २०१९ जनवरीबाट सुरु भई सन् २०२१ डिसेम्वर महिनामा सकिनेछ ।

मन्थली र रामेछाप नगरपालिकामा पर्ने मुख्य सडकमार्ग छेउमा र बाँकी खुल्ला ठाउँमा समेत वृक्षारोपण हुनेछ । यो वर्ष ३० हजार विरुवा रोपिएको परियोजनाले जनाएको छ ।

मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार वस्नेतको अध्यक्षतामा भएको वैठकमा वातावरण संरक्षण परियोजनाका संयोजक बिनोद थापाले यो वर्ष भएका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । त्यस वैठकमा मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत (उपसचिव) हेमन्त कुमार वुढाथोकी,प्रमुख राजनितिक दलका जिल्ला नेताहरु,जनप्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।

सहभागीहरुले वातावरण संरक्षण परियोजनाले संचालन गरेको कार्यक्रममा राजनीतिक दल,स्थानिय जनप्रतिनिधि,सवैले आफ्नो तर्फवाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: