आइतबार, बैशाख १३, २०८३

राष्ट्रपति विद्यादेवी भण्डारी र एस जयशंकरबीच शिष्टाचार भेटवार्ता

काडमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ।

पाँचौ नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका जयशंकरले बिहीबार विहान राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन्।

यसअघि उनले पशुपतिनाथ मन्दिरमा पारिजातको बिरुवा रोपेर पूजा गरेका थिए। उनी आजै दिउँसो साढे ३ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ।