आइतबार, बैशाख १३, २०८३

रामेछाप जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण हुने

कैलाश खत्री । मन्थली भदौ ४गते रामेछाप जिल्लामा यहि वर्ष देखि राष्ट्रिय परिचय वितरण हुने भएको छ ।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सो विषयमा जानकारी गराएको हो ।

राष्टिय परिचयपत्र व्यवस्थापन केन्द्रले रामेछापमा यहि वर्ष देखि राष्ट्रिय परिचय पत्र वितरणको काम सुरु गरिने भएकाले कसरी व्यवस्थित रुपमा सुरु गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरु सँग छलफल गरेको छ । नेपालमै पहिलो पटक पाँचथर जिल्लाबाट राष्टिय परिचय पत्र वितरण सुरु भएको थियोे । रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेको अध्यक्षता र रामेछापका पुर्ब सांसद देवशंंकर पौडेलको प्रमुख आतिथ्यतामा भएको अन्तरकृया कार्यक्रममा संविधान सभा सदस्य तारानारायण श्रेष्ठ, तीन नम्बर प्रदेश सांसद शान्ति प्रसाद पौडेल ,मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत, नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपाने , नेपाली कांग्रेस रामेछापका सचिव लेक बहादुर कार्की ,अधिबक्ता झंम्क कडेल, नेपाल पत्रकार, महासंघ तीन नम्बर प्रदेश सदस्य बद्री नयाँघरे ,जिल्ला अध्यक्ष रमेश ढुंगेल, लगायतले राष्ट्रिय परिचयपत्रमा समावेश हुने सबै विवरण व्यवस्थित हुनुपर्नेमा जोड दिएका थिए । सहभागीहरुबाट उठेको प्रश्नको जवाफ राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रका निर्देशक चाेमेन्द न्यौपानेले दिनुभएको थियो । उहाँले राष्टिय परिचयपत्रको उद्धेश्य ,उपयोग र फाईदा , राष्टिय परिचयपत्रमा समावेश हुने विवरणहरु लगायतका बारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा विभिन्न स्थानिय तहका प्रमुख एवम् प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एवम प्रतिनिधि, राजनितीक दलका प्रमुख एवम प्रतिनिधि, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।