चितवन । लगातार प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षामा कडाइ गरेको छ ।
प्रशासनले भरतपुरका केही संवेदनशील स्थानहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ । अब यहाँ नारा, जुलुस, प्रदर्शन गर्न पाइने छैन । प्रशासनले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको हो ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणबारे अनुसन्धान गर्न रवि लामिछानेलगायतका सञ्चारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनको पक्ष र विपक्षमा केही दिनदेखि यी क्षेत्रमा प्रदर्शन हुँदै आएको छ ।
यही कारण प्रशासनले यहाँ निषेधित क्षेत्र घोषणा गरेको हो । निषेधित क्षेत्रमा अस्पताल, सरकारी कार्यालय, अदालतजस्ता सम्वेदनशील निकायहरू छन् ।

