आइतबार, बैशाख १३, २०८३

एनआरएनए आइसीसीको कोषाध्यक्षमा सुदन थापाले उम्मेद्वार दिने

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको कोषाध्यक्षमा वर्तमान युवा संयोजक सुदन थापा उम्मेद्वार हुने भएका छन् ।

एनआरएनए आइसीसीका वर्तमान युवा संयोजक सुदन थापाको जानकारी अनुसार यो पोष्ट गरिएको हो। थापाले आफ्नो कम उमेरमा नै एनआरएनए सँस्थामा लामो अनुभव गर्न पाएको र तिनै अनुभवका आधारमा यो पटक कोषाध्यक्षमा आकांक्षी भएको बताएका छन् ।

सबैमा नमस्कार !
मेरो नाम सुदन थापा हो। लामो विदेश बसाइ,भोगाई तथा यहाँहरुको साथमा निरन्तर रहेको सामाजिक सक्रियतामा सिकेका ज्ञान, सिप, अनुभब र नेपालीहरुको सामाजिक मागहरुको संयोजन गर्दै आँफुलाई सामाजिक कार्यमा केहि गर्ने दृढ अठोट बोकेर सबै गैरआवासीय नेपालीहरुको साझा संगठन गैरआवासीय नेपाली संघको आगामी कार्यकाल २०१९-२०२१ को लागि एनआरएनए आइसीसी कोषाध्यक्ष पदको उम्मेदवारीको निमित्त यहाँहरुको सुझाब, सल्लाह र सहयोगको लागि बिनम्र अनुरोध गर्दछु।
आगामी एनआरएनए आइसीसी कोषाध्यक्ष पद समाज प्रति उत्तरदाई, पारदर्शी र कार्य योजना पुरा गर्न सक्ने क्षमताबान हुन जरुरि छ। यहाँहरुको सहयोगले गैरआवासीय नेपाली संघ, जापानको कार्यसमिती सदस्य २ पटक, एनआरएनए आइसीसी युवा प्रतिनिधि, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको कार्यसमिति उपाध्यक्ष, कार्यसमिति अध्यक्ष तथा वर्तमान एनआरएनए आइसीसी युवा संयोजक हुदै लामो समयसम्म एनआरएनए भित्र काम गर्ने मौका पाएँ।

यी अनुभबहरुले मलाई संस्था तथा समाज प्रति जिम्मेवार, परिपक्कता र नेत्रृत्व गर्ने क्षमतामा परिपक्कता ल्याएको छ भन्ने मेरो विश्वास छ। जापान लगायत प्रबासमा नेपाली समाजमा सक्रिय सम्पूर्ण संघसंस्थाहरु, समुदायहरु, अग्रजहरु, युबाहरु, नबपुस्ताहरु सबैलाई समेटेर अघि बढ्ने प्रण गर्दै फेरि पनि यहाँहरुको सुझाब, सल्लाह र सहयोगको लागि विनम्र अनुरोध गर्दछु। आफ्नो आगामी कार्ययोजनाहरु सहित यहाँहरु माझ चाडै आउने छु।

धन्यवाद !

सुदन थापा
टोकियो, जापान
वर्तमान एनआरएनए आइसीसी युवा संयोजक
एनआरएनए आइसीसी कोषाध्यक्ष पदको उम्मेदवार