उपत्यकाबाहिरका जिल्लाहरुमा यो. वर्ष प्रिमनसुनसँगै डेंगुको प्रकोप फैलिएकाकाले काठमाडौं उपत्यका पनि यसको उच्च जोखिममा रहेको विज्ञहरुले जनाएका छन् ।
सरुवा रोग चिकित्सक तथा राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपत्यकाका केही स्थानमा डुंगुको किटाणु भेटिएको महाशाखाले उपत्यकाका केही स्थानमा डेंगुको किटाणु भेटिएकाले सतर्क रहन सुझाव दिएको छ ।
डेंगु ज्वरो एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइबाट सर्छ । कालो, सेतो रंगको लामखुट्टे सफा जमेको पानीमा मात्रै उत्पन्न हुन्छ र यसले दिनमा मात्रै टोक्छ । डेंगु भाइरस संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा डेंगुको संक्रमण हुन्छ । आजको नागरिक दैनिकमा खबर छ ।

