शुक्रबार, बैशाख १४, २०८१

प्रत्येक ३० घन्टामा बलात्कार

सुर्खेतकी ९ वर्षीया बालिका बिद्यालयबाट घर जाँदै गर्दा गत जेठ २३ गते बाटोमै बलात्कृत भइन् । घर पु¥याइदिने भन्दै गाउँकै एक युवकले उनलाई सामुदायिक वनमा लगेर बलात्कार गरेका थिए ।

उनीजस्तै सुर्खेत गुर्भाकोटकी १० वर्षीया बालिका पनि बलात्कारको सिकार बन्नुपर्यो । हिँडडुल गर्न नसक्ने भएपनि साउन २ गते ती बालिका बलात्कृत भएको पत्ता लागेको थियो ।

प्रहरीका अनुसार कर्णालीमा हरेक एक दशमलव २६ दिनमा एक महिला बलात्कारको सिकार बन्ने गरेका छन् । घरमा एक्लै भएका बेला र एकान्तमा हिँडडुल गर्दा किशोरी तथा महिला बढी असुरक्षित हुने गरेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।