Nepali date


सोमवार, मंसिर २, २०७६

निशानामा मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही गृहजिल्ला कालीकोटको रास्कोट सडक उद्घाटन कार्यक्रमका लागि जाँदै गर्दा बिहीबार बिहान कृषि क्याम्पसनजिकै बम विस्फोट भयो।

उनलाई लक्षित गरी सोही समयमै अर्को विस्फोट भयो। बुधबार पनि उनलाई लक्षित गरी दुईपटक बम विस्फोटक भएको थियो।

यति मात्र होइन मुख्यमन्त्री शाही जिल्ला जाँदा पटकपटक निशानामा पर्ने गरेका छन्। यसभन्दा अघि पनि गृहजिल्ला जाँदा उनलाई लक्षित गरी बम विस्फोट भएका थिए।

तर ती बम विस्फोटको जिम्मा कसैले लिएको छैन। प्रहरीले भने मुख्यमन्त्री शाहीलाई लक्षित गरी नेत्रविक्रम चन्द (विप्लव) समूहको नेकपाआबद्ध कार्यकर्ताले बम विस्फोट गराएको हुन सक्ने अनुमान गरेको छ।

हालसम्म उनलाई लक्षित गरी गृहजिल्लामा चारपटक बम विस्फोट भएको छ। मुख्यमन्त्री शाहीलाई लक्षित गरी बम विस्फोट गराउनु उहाँ (मुख्यमन्त्री) को मनोबल कमजोर गराउन खोजिएको भन्दै मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार धुव्रविक्रम बुढाथोकीले भने, ‘बम विस्फोटकर्ताले अराजकता, कायरतापूर्ण कामले प्रभावित पार्न खोज्नेभन्दा पनि राजनीतिक ढंगले संवाद गर्नुपर्छ।’

यस प्रकरणमा राजनीतिक व्यवहार आवश्यक भएको भन्दै उनले यसबाट मुख्यमन्त्री शाहीको मनबोल कमजोर नहुने पनि बताए। नागरिक दैनिकमा खबर छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया