Nepali date


आइतवार, मंसिर २९, २०७६

जापानमा शक्तिशाली क्रोसा ताईफु, शुक्रबार गम्भिर असर पार्ने

टोकियो । जापानको मुख्य भूभागमा असर पार्नेगरि शक्तिशाली ताईफु क्रोसा जापानी भूमितर्फ अघि बढेको छ ।

जापानको मौसम एजेन्सीका अनुसार जापानको गर्मी मौसममा मनाईने बोन छुट्टीको मध्य समयमा शक्तिशाली ताईफुले असर पार्ने देखिएको छ ।

ओगासावारा द्धिप तर्फ अघि बढिरहेको क्रोसा ताईफुले भारी बर्षा र तिब्रगतिको हावा बोकेको अवस्थामा पश्चिम प्यासेफिक क्षेत्रमा शुक्रबार देखिएको छ । मौसम सम्वन्धि एजेन्सी मेटोरोलोजिकल एजेन्सीले लाखौं यात्रुहरुले बोन छुट्टीको अवसरमा यात्राको योजना बनाईरहँदा क्रोसा ताईफुले गम्भिर प्रभाव पार्ने देखिएको जनाएको छ ।

आगामी बुधवारको दिनबाट असर सुरु गर्ने क्रोसा ताईफु राजधानी टोकियोको मध्य भागतर्फ असर पार्नेगरि अघि बढिरहेको मौसम अधिकारीहरुलाई उदृत गर्दै जापानी समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

मौसम एजेन्सीका अधिकारीहरुले बौद्ध परम्परा अनुसार बार्षिक रुपमा आफ्ना परिवारका जेष्ठ सदस्य र पुर्खाहरुको सम्मानमा मनाईने बोन बिदाको यात्रा पूर्व मौसम जानकारी लिएर मात्र यात्रा तय गर्न अनुरोध गरेका छन् ।@japansamachar

फेसबुकबाट तपाइको प्रतिक्रिया