Nepali date


शुक्रबार, भदौ ६, २०७६

दूधको मूल्य निर्धारण गर्न ८ सदस्यीय कार्यदल

दूधको मूल्यवृद्धिको लागि सिफारिस गर्न बुधबार एक कार्यदल गठन गरिएको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन गरिएको हो ।

साउन अन्तिमसम्ममा दूधको मूल्यवृद्धिसम्बन्धी निर्णय नगरे भदौ पहिलो सातादेखि आन्दोलनमा उत्रिने दुग्ध किसानको दबाब र दुग्ध उद्योगीको मागलाई सम्बोधन गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले भदौदेखि मूल्य बढाउने गरी सरोकारवाला सम्मिलित कार्यदल गठन गरेको हो । कारोबार दैनिकमा खबर छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया