Nepali date


शुक्रबार, भदौ ६, २०७६

नेकपा स्कुल विभाग: दाहालद्वारा अध्यक्ष मातहत राख्ने प्रस्ता

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक फेरि पनि स्थगित भएको छ । मंगलबार स्थगित सचिवालय बैठक स्कुल विभागमा सहमति नजुट्दा बुधबार पनि बस्न सकेन ।

पार्टीका विभागहरूको जिम्मेवारी तोक्नेगरी मंगलबार बोलाइएको बैठकपूर्व दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मत बाझिएपछि बुधबारसम्म सहमतिमा पुग्ने गरी बैठक सारिएको थियो । बुधबार बिहानैदेखि दुई अध्यक्ष सहमतिका लागि छलफलमा बसेपनि सहमति जुट्न सकेन् ।

सचिवालय बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको छ । बैठक स्थगित पछि पनि दुई अध्यक्षले सहमतिको प्रयास जारी राखेका थिए । तत्कालीन एमाले पक्षधरबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र तत्कालीन माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठले स्कुल विभागको दाबी गर्दै आएका छन् ।

बुधबारको दुई अध्यक्षबीचको छलफलमा पनि दुवैले आआफ्नो अडान लिएपछि सहमति जुट्न नसकेको बालुवाटार स्रोतले जनायो ।

‘बुधबार लामो समयसम्म दुवै अध्यक्षले सहमतिका लागि छलफल गर्नुभयो,’ बालुटार स्रोतले भन्यो, ‘पार्टीमा सहमतिको माध्यमबाट नै काम गर्ने प्रतिबद्धताअनुसार दुवै अध्यक्ष सक्रिय रूपमा लाग्नुभएको छ ।’ राजधानी दैनिकमा खबर छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया