Nepali date


शुक्रबार, भदौ ६, २०७६

रवी लामिछानेको कारण शालिकरामले आत्महत्या गरेको खुलाशा (भिडियो)

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएको छ । यो भिडियो नेपालआजको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

पुडासैनीको रुँदै बोलिरहेको भिडियोमा रवी र युवराज कँडेलले पछिल्लो पटक धेरै यातना दिएको भनेका छन् । उनले भिडियोमा विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाबाट करोडौं कमाउने गरेको पनि उल्लेख गरेका छन् ।
केहि समय अगाडी चितवनमा पत्रकार शालिकराम पुडासैनीले आफुले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो अन्तत सार्बजनिक भएको छ । उनले संसार छोड्नु अगाडी आफ्नो श्रीमती, आमा बुबा र सर्बसाधारणलाई रुदै भिडियो संदेश छोडेका छन।

प्राप्त भिडियो अनुसार न्युज ट्वान्टीफोका युवराज कँडेल, रवि लामिछाने र एक युवतीको कारण आफु आत्महत्या गर्न बाध्य भएको बताएका छन । उनीहरुले दिएको मानशिक र शारीरिक यातना साहना नसकेर यो निर्णय लिएको भिडियोमा स्पष्ट भनेका छन । उनले रबि लामिछानेलाई गम्भीर आरोप समेत लगाएका छन ।

उनले भिडियोको अन्तिममा आफ्नो श्रीमतीलाई अर्को बिबाह गर्न समेत अनुरोध गरेका छन । त्यसै गरी आमा बुबासंग पनि दुई हात जोडेर माफी मागेका छन ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया