बुधबार, बैशाख १२, २०८१

रामेछापमा २०अाैं अन्तराष्ट्रिय युवा दिवस मनाइयो

कैलाश खत्री,मन्थली ।
रामेछापको सदरमुकाम मन्थलीमा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सोमबार एक कार्यक्रमको आयोजना गरिएको छ । मन्थली नगरपालिकाले आयोजना गरेको कार्यक्रममा जिल्ला स्थित सरकारकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि , शिक्षक,विद्यार्थी , स्काउट र सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुकाे सहभागितामा प्रभातफेरीको आयोजना गरिएको हो ।
सदरमुकाम मन्थलीकाे विपी चोकबाट सुरु भएको प्रभातफेरी बजार परिक्रमा पछि जिल्ला समन्वय समितिको प्राङगणमा पुगेर सभामा परिणत भएको थियो । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापमा प्रमुख प्रेम बहादुर खड्का,रामेछापका प्रमुख जिल्ला अधिकारी लीला कुमारी पाण्डे केसी , नेकपा रामेछापमा जिल्ला नेता लव श्रेष्ठ , नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव लेख बहादुर कार्की , जिल्ला युवा समिति रामेछापका अध्यक्ष प्रकाश कुमार कार्की लगाएतले आफ्नो बिचार राख्नुभएको थियो । कार्यक्रम को संचालन मन्थली नगरपालिका प्रशासकिय प्रमुख उपसचिव हेमन्त कुमार बुढाथाेकीले गर्नुभएको थियो ।
त्यस्तै मन्थली स्थित सामुदायिक विद्यालयका विद्यार्थीहरुले युवाका सन्दर्भमा आफ्नो बिचार राखेका थिए । यो बर्षको अन्तराष्ट्रिय युवा दिवसको नारा शिक्षामा रुपान्तरण , उद्यमशिलता र नवप्रवर्तन राखिएको छ । कार्यक्रममा वक्ताहरुले युवालाई शिक्षा, सीप र रोजगारी दिनु अहिलेको मुख्य आवश्यकता भएकोमा जोड दिएका थिए ।