शुक्रबार, बैशाख ०७, २०८१

कालोसूचीले मेलम्चीलाई अर्को झट्का

मेलम्ची खानेपानी आयोजनाको सुरुङ र बाँध निर्माणका लागि प्राविधिक मूल्यांकनमा छनोट भएको हाई हिमालय एन्ड रमण जेभी कालोसूची प्रकणका कारण ठेक्काको बाँधी प्रक्रियामा सहभागी हुन नपाउने भएको छ ।

मेलम्ची खानेपानी विकास समितिले आयोजनाको सुरुङ र बाँध निर्माणका लागि प्राविधिक मूल्यांकन छनोट भएका हाई हिमालय एन्ड रमण जेभी र चिनियाँ कम्पनी सिनो हाइड्रोलाई सहमति दिन आग्रह गर्दैै एसियाली विकास बैंक एडीभीसमक्ष पत्राचार गरेको थियो ।

एडीभीले सहमति दिए यो ठेक्का हाई हिमालय एन्ड रमण जेभी र सिनो हाइड्रोले पाउने निश्चित थियो । यसैबीच, सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण पप्पु जेभीलाई कालोसूचीमा राख्न प्रक्रिया अघि बढाएको सूचना जारी गरेको छ । नागरिक दैनिकमा खबर छ ।