Nepali date


शनिबार, भदौ ७, २०७६

अझै गठन हुन सकेन प्रदेश लोकसेवा

स्थानीय तहमा आवश्यक पदपूर्तिका लागि लोकसेवा आयोगले प्रक्रिया थाल्दा आफ्नो अधिकार खोसिएको भन्दै विरोध गरेका प्रदेशले सरकार गठनको डेढ वर्ष बितिसक्दा समेत प्रदेश लोकसेवा आयोग गठन प्रक्रिया अघि बढाउन सकेका छैनन्।

प्रदेश र स्थानीय तहका लागि आफैंले कर्मचारी भर्ना गर्न पाउनुपर्ने जिकिर गर्दै आएका प्रदेश सरकारले आफूले पूरा गर्नुपर्ने काममा भने ध्यान दिएनन्, जसले गर्दा प्रदेश लोकसेवा आयोग गठनको तयारी सुस्त छ।

अहिलेसम्म कुनै पनि प्रदेशले प्रदेश लोकसेवा आयोग गठन गर्न सकेका छैनन्। गठन प्रक्रियामा प्रदेश ५ केही अगाडि देखिएको छ भने बाँकी सबै प्रदेश पछाडि छन्।

प्रदेश ५ मा आयोग गठनका लागि आवश्यक ऐन जारी भइसकेको छ। मन्त्रिपरिषद्को साउन १० गते बसेको बैठकले आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराईलाई नियुक्तिका लागि सिफारिस गरिसकेको छ।

सुदूरपश्चिम प्रदेशले साउन १५ गते ऐन प्रमाणीकरण गरेको छ। कर्णाली प्रदेशले पनि ऐन पारित गरिसकेको छ तर अहिलेसम्म आयोग गठनको प्रक्रिया अघि बढ्न सकेको छैन।

संविधानको धारा २ सय ४४ को उपधारा २ मा प्रदेश र स्थानीय तहमा कर्मचारी पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोग गठन हुने व्यवस्था छ। नागरिक दैनिकमा खबर छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया