शून्य र विशेष समयमा सांसदले उठाएका विषयबारे गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं। प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा सांसदहरुले उठाएका विषयबारे सदनलाई जानकारी गराउने विषयमा सरकार गम्भीर नभएको भन्दै दैनिक जसो सांसदहरुले प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था कार्यान्वयनका लागि ध्यानाकर्षण गराउँदै आएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सांसद गगन थापाले शून्य र विशेष समयमा सदनमा उठेका विषयमा सम्बन्धित मन्त्रीले ५ दिन भित्र सदनमा उपस्थित भई जानकारी गराउनुपर्ने व्यवस्था नियमावली कार्यान्वयन गर्न सभामुखको ध्यानाकर्षण गराए।

विगतमा शून्य र विशेष समयमा उठेका विषय सम्बोधन भएन भनेर नियमावलीमा नै व्यवस्था गरिएको उल्लेख गर्दै उनले “नियमको कार्यान्वयन किन नभएको?” भन्दै सभामुखलाई प्रश्न गरे।

प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा सांसदहरुले उठाएका विषयबारे सदनलाई जानकारी गराउने विषयमा सरकार गम्भीर नभएको भन्दै दैनिक जसो सांसदहरुले प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था कार्यान्वयनका लागि ध्यानाकर्षण

त्यस्तै शून्य समयमा बोल्दै सांसदहरुले अन्य समसायिक र क्षेत्रगत विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। सांसद अमृता देवी अग्रहरीले कपिल वस्तुमा किसानले मलखाद र पानीको ठूलो अभाव झेल्नु परिरहेको भन्दै मलखाद र सिँचाईको तत्काल व्यवस्था गर्न माग गरिन्।

उनले यसबारे पटक पटक कुरा उठाउदै आएको भए पनि सरकारले वेवास्ता गरेको गुनासो गर्दै कान थुनेर र आँखा बन्द गरेर मुलुक चल्न नसक्ने भन्दै प्रधानमन्त्री र कृषिमन्त्रीको ध्यानाकर्षण गराइन्।

सांसद कृष्णभक्त पोखरेलले सर्वसाधरण लगायत इच्छुक जनतालाई संघीय संसद भवन भित्र निर्वाध प्रवेश गर्ने वातावरण बनाउन सभामुखको ध्यानाकर्षण गराए।

सांसद खगराज अधिकारीले कालीगण्डकीको डाइभर्सन गर्दा केलादीघाट र देवघाट जस्ता पवित्र घाटहरु पानी विनाका हुने भन्दै, चापाकोट रामपुर लगायतका टार सिंचाई हुनबाट बञ्चित हुने तथा नारायणीमा पानी जहाज संञ्चालन गर्ने विषय प्रभावित हुने भन्दै विषयवस्तुको गार्भियर्ता तर्फ विचार गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद गणेशकुमार पहाडीले मध्यपहाडी लोकमार्ग अन्र्तगत सिन्धुलीको खुर्रकोट घुर्मी सडकखण्डमा दोहोरो यातायात संञ्चालनको लागि आवश्यक पहल गर्न आग्रह गरे।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: