आइतबार, बैशाख १३, २०८३

ब्लड क्यान्सर पीडित नावाङ भन्छन म बाँच्न चाहन्छु,प्लिज सहयोग गर्दिनुहोस

काठमाडौं । भगवान् पनि कति निष्ठुर हुँदो हो, जो गरिब, जसलाई सामान्य ढंगबाट समेत आफ्नै जीवन जिउन कठिन छ, उसैमाथि बारम्बार बज्रपात् गर्छ । लाग्छ, भएभरको दुख ती गरिब, दीन दुखीकै भागमा थोपार्छ । हो, पैसाकै अभावमा उपचार गर्न नसकिरहेका पीडितहरुलाई भेट्दा कहिलेकाहीँ हामीलाई लाग्छ, भगवान पनि हुनेखानेकै मात्र दाहिना हुन् ।

हो, दर्शकबीन्द हेर्दा स्वस्थ देखिने, सामान्य शैलीका १५ वर्षीय नावाङ मोक्तानलाई ब्लड क्यान्सर भएको खबर छ, हामीसँग । काभ्रेपलान्चोक जिल्ला महाभारत गाउँपालिका वडा नम्बर १ छोटेसाहन स्थाइ घर भाई हाल ललितपुर जिल्ला इमाडोल कृष्ण मन्दिर स्थित बस्दै आएका नावाङको परिवार अहिले ठूलो पीडामा छन् । नावाङलाई ब्लड क्यान्सर भएको खबरपछि आफूहरुको जीवनको सबै सपना समाप्त भएको ठानिरहेका छन्, उनीहरु ।

नावाङ टुहुरा हुन् । उनको आमाको केही वर्षअघि गाडि दुर्घट्नामा परेर मृत्यु भयो । आमाबिनाको जीवन जिइरहेका उनी आफँै यतिबेला मृत्युको मुखमा पुगेका छन् । यदि समयमै उपचार गर्न नसकेको खण्डमा उनको मृत्यु निश्चित छ । ढाड दुख्ने अनि जोर्नी र नसामा ज्वरो आएको समस्या लिएर पाटन हस्पिटल पुगेका नावाङका लागि जीवनको सबैभन्दा अप्रिय रिपोर्ट आयो । रिपोर्ट हातमा लिएर बसेका डाक्टरले जब उनका बुवासँग भने, ‘तपाईको छोरालाई ब्लड क्यान्सर भएको छ ।’ डाक्टरको यति कुरा सुनेपछि उनलाई जिउँदै मरेको अनुभव भएको सुनाउँछन् उनी ।
ड्राइभिङ गर्दै आएका नावाङका बुवा ज्ञान बहादुर मोक्तान विगत ७ महिनादेखि हस्पिटल धाइरहेका छन् । हस्पिटल धाउँदा–धाउँदै २ लाख भन्दा बढी खर्च भइसकेको छ, उनको ।
कक्षा १० मा पढ्दै गरेका उनका जीवनका बाँकी सपनाहरु के होलान् ? नावाङलाई हामी बचाउन सक्छौँ ? यस्ता धेरै प्रश्न छन् ।

हो, कसलाई पर्दैन र दुख । खाली समयको खेल न हो, कसैलाई छिटो त कसैलाई ढिलो । आखिर दुख सबैलाई पर्छ । त्यसैले आउनुस्, यी बालकलाई नयाँ जीवन दिलाउन तपाई हामी सबैले सकेको सहयोग गरौँ ।

हामी उनको अवस्था बुझ्न् उनको निवासमा पुग्यौ । निकै चिन्तामा परेका मोक्तानलाई सबैले सहयोग गरौ । दिन प्रतिदिन बढ्दै गएको पिडा खपी नसक्नु छ । थप बुझ्न् चाहनुहुन्छ र फोन गर्न चाहनुहुन्छ भने उनको बुवा ज्ञान बहादुर मोक्तानको संपर्क नम्बर ९८६१६११०९६ यो नम्बरमा कल गरेर बुझ्न सक्नुहुनेछ ।
उनको दर्दनाक अवस्थालाई सबैले बुझेर सकेको सहयोग गरौ ।