शुक्रबार, बैशाख ०७, २०८१

अविश्वासपूर्ण त्रास

सत्तारुढ नेकपामा तीन समूह बलिया छन्– अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल ।
तीमध्ये एउटा समूह अर्कोसँग मिलेर मुद्दामा बहस गर्दा जदुई धार देखिने गरेको छ । तर, तीन पक्ष एकअर्काप्रति सशंकित छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीलाई आफ्नै पहलमा भएको पार्टी एकीकरणले आफैंलाई कमजोर बनाउला कि भन्ने त्रास छ ।

अर्का अध्यक्ष दाहाललाई कतै पूर्वएमाले पंक्ति एक ढिक्का भएर आफूलाई किनाराको साक्षी बनाइदिने हुन् कि नभन्ने डर छ । वरिष्ठ नेता नेपालको त्रास पनि आफ्नै खालको छ । आउँदो महाधिवेशनमा अध्यक्ष बन्ने दाउमा रहेका नेपाललाई कतै आफ्नो भूमिका कमजोर पो बनाइदिने हुन् कि भन्ने चिन्ता छ । जसका कारण नेकपामा एक नेताले अर्कालाई झट्ट विश्वास गर्न सकेका छैनन । अन्नपूर्ण पोष्टमा खबर छ ।