सोमबार, कार्तिक २५, २०८२

लिखु गापा अध्यक्ष खडका र वडाध्यक्ष बोहोरा आरोप-प्रतिआरोपमा उत्रे

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोबिन्द खडकाले सोही गाउँपालिकाका एक वडाध्यक्षले आफूँलाई ज्यान मार्ने योजना बाहिर आएपछि आरोप-प्रतिआरोपमा उत्रेका छन् ।

दुई करोड नदिए ज्यान मार्ने भन्दै धम्क्याउँदै आएका रामेछाप नगरपालिकाका लोप्साङ भन्ने मिलन तामाङलाई प्रहरीले गोली हानेर पक्राउ गरेलगत्तै अध्यक्ष खडकाले आफ्नै गाउँपालिकाका वडा नम्बर ७ का वडाअध्यक्ष सुवाश बोहोराले ज्यान मार्न खोजेको बताउनु भयो ।
रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नं ७ तिल्पुङका वडाध्यक्ष सुवास बोहोराले वडाध्यक्षले नै बनाए गाउँपालिका अध्यक्षको हत्या योजना शिर्षकको समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षन भएको बताएका छन् । शुक्रबार मन्थलीमा पत्रकार सम्मेलन गरी वडाध्यक्ष बोहोराले एक्कसी लिखुतामाकोशी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्काको हवला दिदै सम्लग्नै नभएको घटनामा जोडी आफ्नो चरित्र हत्य गर्ने उद्देश्यले समाचार सम्प्रेसन गरिएको भन्दै दुख व्यक्त गरे ।

उनले राज्यको चौथो अंगजस्तो पत्रकारिता क्षेत्रले यथार्थ र सत्य नखोजी एकपक्षिय ढंगले समाचार सम्प्रेषण गरेको आरोप लगाए । बिना प्रमाणका यस्ता झुटा र कपोकल्पित आरोपको पुष्टि गरेर देखाउँन उनले सम्बन्धीत निकायलाई चुनौती समेत दिए । उनले यस्ता झुटा र कपोकल्पित आरोपबाट कत्ति पनि बिचलित नहुने भन्दै नेपाल सरकार र आफु आवद्ध नेपाल कम्युनिष्ट पार्टी नेकपासंग आवश्यक कारवाहीको माग समेत गरेका छन् ।
वडाध्यक्ष बोहोराले यस्ता आरोपबाट बिचलित नभै अनियमितता,विकृति,विसंगती,भ्रष्टचार,घुसखोरी,अन्याय र अत्यचारका विरुद्ध सधै लडिरहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।