काठमाडौं । गाउँपालिकाका अध्यक्षसँग दुई करोड माग्दै धम्की दिने लोप्सन भन्ने मिलन लामालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली हानेको छ ।
काठमाडौंको स्वयम्भूमा लामालाई नियन्त्रणमा लिने क्रममा महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले गोली हानेको हो ।
प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार, मिलन लामाको दुवै घुँडामा गोली लागेको छ । उनीसँगै रहेका अमित लामालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
मिलनले रामेछापको लिखु गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई दुई करोड मागेका थिए । दुई करोड नदिए छोरी अपहरण गरी मारिदिने धम्की दिँदै आएका थिए ।
गाउँपालिका अध्यक्षलाई धम्की दिँदै आएका लामालाई पक्राउ गर्न प्रहरी परिचालित भएको र प्रहरीमाथि नै उल्टै जाइलागेपछि नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।
लामा यसअघि पनि लुटपाट घटनामा पक्राउ परेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

