शुक्रबार, चैत १६, २०८०

चिनियाँ कम्पनीले माग्यो ६० करोड अग्रिम भुक्तानी

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएस कन्स्ट्रक्सनले अग्रिम भुक्तानी मागेको छ ।

कम्पनीका अधिकारीहरुले आर्थिक संकट परेको भन्दै अग्रिम रुपमा भुक्तानी दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईसमक्ष माग गरेका हुन् । कारोबार दैनिकमा खबर छ ।