Nepali date


शुक्रबार, भदौ ६, २०७६

जम्मु काश्मीरमा छिटै चुनावः मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै अनुच्छेद ३७० रद्द गर्नुलाई जम्मु काश्मीरमा नयाँ युगको सुरुवात भएको बताएका छन् ।

उनले पछिल्लो तीन दशकमा करिब ४५ हजार निर्दोष मानिसको ज्यान गएको बताए । उनले जम्मु काश्मीरमा छिट्टै चुनाव हुने घोषणा पनि गरे ।

पाकिस्तानले भारतसँगको सबै सम्बन्ध तोडेको घोषणा गरेलगत्तै मोदीले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । भारतले जम्मु काश्मीरबाट विशेष अधिकार हटाउँदै राज्यलाई दुई भागमा बाँडेको छ । पाकिस्तानले भने यो निर्णयलाई भारतको अवैधानिक कदम बताएको छ ।

मोदीले आर्टिकल ३७० र ३५ए ले जम्मु काश्मीरमा आतंकवाद, परिवारवाद र भ्रष्टाचार मौलाएको बताए । उनले देशको कानुनबाट जम्मु काश्मीरका मानिस वञ्चित रहेको बताए ।

उनले शिक्षाको अधिकारको लाभ लिनबाट जम्मु काश्मीरका बालबालिका वञ्चित भएको बताए । ‘देशका अन्य राज्यमा कर्मचारीका लागि छुट्टै ऐन लागू छ । तर, यस क्षेत्रका कर्मचारी यो अधिकारबाट वञ्चित गरिएको थियो ।

‘देशको अन्य राज्यमा दलितविरुद्ध हुने अन्याय रोक्नका लागि कानुन लागू छ तर जम्मू काश्मीरमा यस्तो कानुन लागु हुँदैनथ्यो ।’ उनले भने, ‘अब जम्मु काश्मीर नयाँ ऊर्जाका साथ विकास हुनेछ । राजधानी दैनिकमा खबर छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया