Nepali date


आइतवार, मंसिर २९, २०७६

एनआरएनए जापानको ९औं अधिवेशनका लागि निर्वाचन समिति गठन

टोकियो । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानको नवौं अधिवेसनलाई मध्यनजर गर्दै एनआरएनए जापान कार्यसमितिको बैठकले आईसिसी सदस्य ओम गुरुङ संयोजक रहने गरी ३ सदस्यीय निर्वाचन समिति गठन गरेकोमा उक्त निर्वाचन समितिको सुझाव अनुसार आईसिसी पदाधिकारी र एनआरएनए जापान कार्यसमिति पदाधिकारीहरूको संयुक्त बैठकले निर्वाचन समितिको शुझाबलाई अनुमोदन गर्दै निर्वाचन समितिलाई पुनर्गठन गरी समितिलाई पुर्णता दिएको छ ।

एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधान संयोजक रहने गरि एनआरएनए जापानका पुर्व अध्यक्षहरु ओम गुरुङ,रोशन केसी,पारसमणी पोखरेल,सुदन थापा सहित सामाजिक ब्यक्तित्वहरू बेलुकाजी थापा,शालीकराम भ०डारी,बिजय थकाली,सरद गौचन सहितको १० जनाको समिति गठन गरेको छ ।
निर्वाचनलाई चुस्त दुरुस्त र प्रभाबकारी र निष्पक्ष गराऊनको लागि सल्लाहकारमा भवन भट्ट र किरण बिक्रम थापा सहित कानुनी सल्लाहकारमा डा बलराम श्रेष्ठ र प्राबिधिक सल्लाहकारमा डा बेद काफ्लेलाई चयन गरेको छ । निर्वाचन समितिले आफ़्नो कार्यभारको ज़िम्मेवार बहन गर्दै छिट्टै नै निर्वाचन तालिका,बिधि र प्रक्रिया सार्बजनिक गर्दै ई-भोटिंग भोटिंग गर्ने तयारी गरि रहेको छ ।

सथै निर्वाचन समितिलाई परिषद्को बिधान २००४ को संशोधित सहितको बिधान २०१९ अनुसार कार्यसम्पादन गर्न गराउन एनसिसी जापानले अनुरोध समेत गरेको छ । अधिवेसन सेप्टेम्वर ६ र निर्वाचन ८ तारिख हुने एनआरएनए जापान जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया