सोमबार, कार्तिक २५, २०८२

सिभिलमा अब अनलाइनबाटै टिकट

सिभिल अस्पतालमा अनलाइनबाट टिकट काटेर स्वास्थ्य जाँच गर्न पाइने भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा.दीर्घराज आरसीले पहिलो चरणमा बिहीबार बिहान अनलाइन टिकट प्रणालीको सुरुवात गरिने जानकारी दिए ।

अनलाइनबाट टिकट लिने व्यवस्थाको सुरुवातसाग घन्टौ लाम बसेर टिकट काट्नु पर्ने बाध्यताको अन्त्य हुने भएको छ।

अब विरामीले लाइनको लागि ४ ठाउँ बस्नु पर्ने बाध्यता हुदैन, ३–४ घण्टा लाइनमा पनि बस्नु पर्दैन, उनले भने, अनलाइनबाट टिकट बुकिङको व्यवस्था गरेका छौं ।’

अब विरामी र आफन्तले घरमै बसेर मोबाइलबाट समेत टिकट काट्न सक्नेछन्। टिकट काट्नका लागि बिरामीले अस्पतालमा समेत पुग्न नपर्ने सुबिधा भएको छ।

कार्यकारी निर्देशक डा.आरसीले सानो स्केलबाट सुरुवात गरिने अनलाइन प्रणाली सफल भएका पूर्ण रुपमा लागू गरिने बताए। अन्नपूर्ण पोष्टमा खबर छ ।